TRENDING

भाईटिकाका लागि आज पनि देशभर सार्वजनिक बिदा

काडमाडौं । नेवार समुदायले मनाउने कियापूजा अर्थात् भाईटिकाका लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ । नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् ।

यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो । नेवार समुदायकै केहिले हिजो ने भाईटिका मनाएका छन् भने बाँकिले आज भाइटिका मनाउन लागेका हुन् ।

वर्ष भरी नै बन्द हुने रानीपोखरीको बीचभागमा अवस्थित बालगोपालेश्वर मन्दिर पनि भाइटिकालाई लक्षित गरी खुल्ला गरिएको छ ।

दिदीबहिनी नहुने दाजुभाईहरुले उक्त मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ ।