TRENDING

आज यमपञ्चकको अन्तिम दिन भाईटिका , नेपालीहरुको घरघरमा मनाइयो

काठमाडौं । आज यमपञ्चकको अन्तिम दिन भाईटिका । कात्तिक शुक्ल द्वितीयाका दिन मनाइँदै आएको भाईटिका यो वर्षपनि आज भव्यताका साथ मनाइएको छ । नेपालीहरुको घरघरमा आज भाईटिका पर्व मनाइएको हो ।

भाईटिकाको उत्तम साइत ११ बजेर ३७ मिनेट तोकिएतापनि आज दिनभरि नै टिकाको लागि उत्तम रहेको थियो । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायूको कामना गर्दै परम्परानुसार सप्तरङ्गी टीका र माला लगाइ दिने गर्छन् ।

त्यस्तै हिजोआज दिदीबहिनी टिका र दाजुभाई टिका लगाई भाईटिकालाई हर्षाेल्लासपूर्ण तबरले मनाउन समेत थालिएको छ । दाजुभाई एवं दिदीबहिनी बीच आत्मियता बढाउने पर्व स्वरुप तिहारलाई लिने गरिन्छ ।