TRENDING

यस्तो छ ट्राफिक प्रहरिको तिहार लक्षित सडक सुरक्षा योजना , थप प्रहरी समेत परिचालन

काठमाडौं। तिहारलाई लक्षित गरी महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक सुरक्षालाई कडा बनाउने भएको छ ।

विशेष गरी तिहारका बेला मापसे सेवन गरी सवारी चलाउनेहरु बढ्ने हुनाले सडक दुर्घटना न्यूनिकरणका लागि प्रहरीले यस्तो तयारी गरेको हो । मापसे चेक जाँचका लागि थप सात सय पचास प्रहरी परिचालन गरिएको महाशाखाले जनाएको छ ।

सडक दुर्घटना हुन सक्ने भएकाले ट्राफिकले संक्रियता बढाएको र दिउँसोको समयमा मापसे चेकिङ गरिएको समेत महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।