

काठमाडौँ । यमपञ्चक अन्तर्गत आज धनधान्यकी देवी लक्ष्मीको पुजा, लक्ष्मीपूजा। नेपालीहरुले घरघरमा दीपावली गरेर लक्ष्मीको पुजा आराधना गरिरहेका छन् । साँझ परे लगत्तैबाट शुरु गरिएको लक्ष्मी पुजा लगभग सकेर मानिसहरु दिपावलीको रौनकतामा झुमिरहेका छनु ।
यसै बीच काठमाण्डौं स्थित माइतीघर मण्डलामा पनि युवाहरु जम्मा भई लक्ष्मी पुजा गर्दै दीप प्रज्वलन गरेका छन् । बलात्कार पछि हत्या गरिएका लक्ष्मीहरुलाई न्याय माग्दै युवाहरुले माइतीघर मण्डलामा कार्यक्रम गरेका हुन् ।
लक्ष्मी पूजाको अवसरमा दीप प्रज्वलन गरि आफुहरुले हरेक नारिहरुलाई लक्ष्मीको रुपमा सदैव हेरिनुपर्ने , यौन हिंसाविरुद्ध जनचेतना जगाउने हेतुले यो कार्यक्रम गरिरहेको युवाहरुले बताए ।लक्ष्मीलाई फोटोमा हैन मनमा राखौँ भन्दै स्वस्फूर्त रुपमा भेला भएका युवाहरुले बलात्कारपछि हत्या भएका लक्ष्मीुहरुको सम्झनामा दीप प्रज्वलन गरेका हुन् ।
मण्डलामा नै रंगोली समेत बनाएर युवाहरुले मैनबत्ती बालेका थिए । फोटोमा हेर्नुहोस् ।
बजारबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७