TRENDING

आज कुकुर तिहार ! कुकुरको पुजा गरी मनाइँदै,साँझ दिपावलीसँगै लक्ष्मी पुजा हुने

काठमाण्डौं । हिन्दु धर्मावलम्बीहरुको दोस्रो मनाह चाड तिहार अन्तर्गत आज कुकुर तिहार । अति नै बफादार जनावर कुकुरको पुजा गरी , माला लगाउनुका साथै विभिन्न खानेकुराहरु खान दिएर मनाइँदै छ ।

यमपञ्चकको दोस्रो दिन मनाइने कुकरतिहार यो वर्ष भने तेस्रो दिन परेको शास्त्रमा उल्लेख भएअनुसार नै मनाइएको हो । यसैगरी आज दिउँसो १ बजेर ४९ मिनेट जाँदा सम्म कृष्ण चतुदर्शी रहेको र त्यस पछि औंशि तिथि शुरु हुने शास्त्रमा उल्लेख छ ।

सोहि अनुसार औंशिको दिन साँझमा गरिने लक्ष्मी पुजा पनि आज नै परेको छ । घरघरमा दिपावली गरी धनधान्यकि देवी लक्ष्मीको पुजा आराधना गर्नुका साथै आफुसँग भएको द्रव्य, धनदौलत एवं भाँडाकुँडा समेतको पुजाआजा गरीने परम्परा रहि आएको छ । औंशिको साँझ लक्ष्मी पुजाको अवसरमा महिलाहरुले भैली खेल्ने (गाउने) चलन छ ।

यो वर्ष भने कोरोना कहरका बीच नेपालीहरुले आफ्नो चाड संयमित भएर मनाइरहेका छन् ।