

एजेन्सी । आर्थिक संकटले थलिएको थाइल्याण्डको वायुसेवा कम्पनी थाइ एयरवेजले आफ्ना ३४ वटा जहाज बिक्रीमा राखेको छ। बोइङ, एयरबस लगायत ब्राण्डका अधिकतम २८ वर्षसम्म पुराना जहाज बिक्रीमा राखेको हो।
सन् १९९३ देखि २००३ सम्म उत्पादित १० वटा बोइङ ७४७-४००एस, सन् १९९६-१९९८ सम्मका ६ वटा बोइङ ७७७-२०० एस, सन् १९९८-२००० सम्म उत्पादित ६ वटा बोइङ ७७७-३०० एस सिरिजका जहाज बिक्री गर्ने निर्णय गरेको कम्पनीले सूचना जारी गरेको छ।
कम्पनीले सन् १९९२-१९९३ मा उत्पादित दुई बोइङ ७३७-४०० एस सिरिजको जहाज पनि बिक्रीका लागि राखेको जनाएको छ।
यसैगरी कम्पनीले एयरबस ब्राण्डको १० वटा जहाज विक्री का लागि राखेको छ। कम्पनीले सन् २००५-२००८ सम्म उत्पादन भएका ६ वटा एयरबस ३४०-६००एस, सन् २००५ देखि सन् २००७ सम्म उत्पादन भएका तीन एयरबस ३४०-५००एस र सन् १९९३ मा उत्पादित एउटा एयरबस ३००-६०० सिरिजको जहाज पनि बिक्रीका लागि राखिएको छ।
साता जहाज खरिदका लागि आह्वान गरेको कम्पनीले शुक्रबारसम्मका लागि समयसीमा तोकेको छ। बिक्री भएका जहाज आउँदो सन् २०२१ को दोस्रो चौमासिकमा डेलिभरी दिने योजना रहेको कम्पनीले जनाएको छ।
कर्मचारी कटौती गरेको कम्पनी यतिबेला हवाई सेवाको साटो रेस्टुरेन्ट सञ्चालन गर्न थालेको छ। तर ठूलो ऋणभारबाट त्राण पाउन जहाज बिक्री गर्नुको विकल्प नदेखिएको कम्पनीका अधिकारीहरूले बताएका छन्।
थाइल्याण्ड स्टक एक्सचेन्जका अनुसार यो कम्पनीको ऋणमात्र तीन सय ३२ बिलियन भाट छ।
अटोबाट थप समाचार
भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित
देशका अधिकांश भागमा आज मौसम सफा रहने
सुनको भाउ एक हजार पाँच सय रुपैयाँले बढ्यो
२० वर्षमुनिको महिला साफ च्याम्पियनशिप बङ्गलादेशमा हुने
नेपाल एयरलाइन्सले घटायो हवाई भाडा
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७