

काठमाडौं । दुई कम्पनीको २८ लाख कित्ता साधारण सेयर (आइपिओ) बजारमा छ । । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड र माउन्टेन इनर्जी नेपालको २८ लाख ४१ हजार भन्दा बढी कित्ता आइपिओ निश्कासन गरेको हो । दुवै कम्पनी हाइड्रोपावर रहेका छन् । युनाईटेड इदी–मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडल कात्तिक २७ गतेबाट कम्पनीले दोस्रो चरणमा ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्ने खबर दिएको थियो ।
सो आइपीओमा सर्वसाधारणले छिटोमा कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा मंसिर ११ गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ । आइपिओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्।
यसअघि कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको थियो। सोमध्ये बिक्री नभएको २ लाख ४३ हजार ९१० कित्ता सहित कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिएको जनाएको हो । निष्काशन गरिने कुल शेयरमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ भने १७ हजार ४७८ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस) रेटिङ्ग प्राप्त गरेको छ । माउन्टेन इनर्जी नेपालले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको रू एक सय अंकित दरले १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्न लागेको छ ।
उक्त शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजर ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकि १८ लाख ३० हजार २ सय ६५ कित्ता शेयर सर्वसाधारणको लागि रहेको छ ।
लगानीकर्ताहरुले उक्त साधारण शेयरमा छिटोमा मङ्सिर २ गतेसम्म र ढिलोमा मङ्सिर १० गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गरेको थियो ।उक्त शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गर्नेछन् ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७