

काठमाडौं। बैंक तथा वित्तीय संस्थामा कर्मचारीलाई कोरोना संक्रमण बढेसँगै तिहारमा समेत बैंकवित्तका शाखाहरु बन्द हुने भएका छन् । हालसम्म वाणिज्य बेंकमा मात्रै करिव ६ हजार कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
नेपाल बैंकर्स संघका अनुसार बैंकको काउन्टरमा काम गर्ने धेरै कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । नेपाल बैंकर्स संघले तिहारमा सरकारी विदाको तीन दिन बेंकका सबै शाखा बन्द गर्ने जनाएको छ । बैंकका कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएको छ । कतिपय होम क्वारेन्टाइनमा छन् । कात्तिक २९ देखि मंसिर १ गतेसम्म सबै साखा बन्द हुने भएका छन् । यसअघि बैंकहरुले ३६५ दिन नै सेवा दिँदै आएको बैंकिङ क्षेत्रमा कोरोना का कारण दशैंमा पनि शाखाहरु बन्द गरिएका थिए ।
वाणिज्य बैंकसँगै अन्य वित्तीय संस्थामा पनि कोरोना संक्रमणले समस्या निम्त्याएको छ । विकास बैंकहरु, फाइनान्स कम्पनीहरु तथा लघुवित्त क्षेत्रमा पनि कोरोना संक्रमण बढेको छ । त्यसबाहेक बीमा क्षेत्र तथा सेयर बजार क्षेत्रमा पनि कोरोना संक्रमण फैलीएको छ ।
बैंक वित्त, बीमा तथा सेयर बजार क्षेत्रमा गरि करिव १५ हजार हाराहारीमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणसँगै अधिकाँस बीमा कम्पनीहरुले कार्यालयबाट दिने सेवा नियमित रुपमा सुचारु गर्न सकेका छैनन् । सेवा जारी रहेको तर कर्मचारीहरु कोरोना संक्रमणमा परेका कारण सम्बन्धित शाखाले काम गर्न नसकेको अबस्था रहेको छ । कोरोनाकै कारण सेयर बजारमा भने क्यापीटल कम्पनी र ब्रोकरहरुले डिजिटल क्षेत्रबाट मात्रै सेवा जारी राखेका छन् ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७