

बलिउड नायिका तनुश्री दत्त सन् २०१० पछि पर्दाबाट हराइन् । १० बर्षदेखि दर्शकमाझ पर्दामा नदेखिएकी तनुश्रीले अब भने कमब्याकको तयारी गरेकी छिन् । २ बर्ष अगाडि बलिउडमा ‘मि टू’को सुरुवात उनले नै गरेकी थिइन् । उनै, तनुश्रीले सामाजिक संजालमा स्टाटस कोर्दै आफूले केही खराब मानिसहरुका कारण बलिउड छाड्नुपरेको उल्लेख गरेकी छिन् । तनुश्रीले सार्वजनिक गरेको नयाँ तस्वीरमा उनी स्लिम देखिएकी छिन् ।
तनुश्रीले आफूले अमेरिकामा आइटी ट्रेनिङ्ग लिएको तर आफ्नो मनमा कलाकारिता नै रहेकाले अमेरिकाको डिफेन्स सेक्टरको जागिर नगरेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘केही खराब मानिसहरुका कारण मैले बलिउड छाड्नुपरेको थियो । मैले हतारमा बलिउडको विकल्प सोचेकी थिएँ । बलिउड र मुम्बई मेरो लागि विशेष छन् यसैले अब म केही समय बलिउडमा रहन्छु र केही राम्रो प्रोजेक्टमा काम गर्छु ।’ तनुश्रीले आफूलाई केही चलचित्र र वेव सिरिजबाट अफर आइरहेको पनि उल्लेख गरेकी छिन् । उनले, आफू साउथका ३ ठूला चलचित्रका प्रोजेक्टका मेनेजर र मुम्बइको १२ कास्टिङ अफिससँग आफू जोडिएको पनि उल्लेख गरेकी छिन् ।
तनुश्रीले केही ठूला प्रोडक्शन हाउससँग चलचित्रमा मुख्य भूमिकाका लागि पनि आफ्नो कुरा भैरहेको उल्लेख गर्दै महामारीका कारण अहिले नै आफूले चलचित्रको घोषणा गर्न नसक्ने पनि उल्लेख गरेकी छिन् ।
तनुश्रीले एक व्युटी ब्रान्डको विज्ञापनमा आफूले काम गरिरहेको र १५ केजी तौल घटाएपछि आफू सुन्दर देखिएको पनि बताएकी छिन् ।
३६ बर्षकी तनुश्रीले बलिउडमा ‘आशिक बनाया आपने, हर्न ओके प्लिज, ढोल’ जस्ता चलचित्रमा काम गरेकी थिइन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘अपार्टमेन्ट’ १० बर्ष अगाडि रिलिज भएको थियो ।
रोचकबाट थप समाचार
अन्नपूर्णले पोतेको खुसीका रङ
मुर्माटप हिमाल : पर्यटक आकर्षणको केन्द्र
गाउँको पाखोबारीमा चियाखेती
साउनको पहिलो सोमवार : देशभरका शिवालयमा भक्तजनको भिड
वर्षमा औसतभन्दा १६ किलो बढी भात खान्छन् नेपाली
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७