

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई रिपब्लिकन नेताहरुले समर्थन गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हार मान्न अझै अस्वीकार गरेका छन् ।
अहिलेसम्म १० देखि २० रिपब्लिकन सांसदहरुले जितका लागि बाइडेनलाई बधाई दिएका छन् या सत्ता हस्तान्तरणका लागि अन्तरिमकालको प्रक्रियामा जानु पर्ने बताएका छन् । ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएका छन् । तर प्रमाण भने केही पनि भेटिएको छैन । प्रमाण बिना नै ट्रम्पका पछि रिपब्लिकन पार्टीका अधिकांश नेताहरु लागेका छन्।
तर बिस्तारै केही रिपब्लिकन नेताहरुले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई साथ दिन थालेका छन्। शपथ अघिको अन्तरिमकालमा सत्ता हस्तान्तरणको प्रक्रिया अन्तर्गत गरिनु पर्ने सहयोग तथा सहकार्य राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गरेको छैन। बाइडेनलाई अहिलेसम्म ट्रम्प प्रशासनले कूटनीतिक तथा गुप्तचर जानकारीको ब्रिफिङ्ग दिएको छैन। त्यसको केही रिपब्लिकन नेताहरुले विरोध गरेका छन्।
पहिले ट्रम्पको धाँधलीको आरोप पछि लागेका माथिल्लो सदन सिनेटको न्यायीक समितिका सभापति लिन्ड्सी ग्राहमले अहिले बाइडेनलाई दैनिक ब्रिफिङ्ग दिइनु पर्ने बताएका छन्। तर सदनमा रहेका अधिकांश रिपब्लिकनहरु अहिलेसम्म पनि बाइडेनको विजयीबारे जानकार नै नरहेको जस्तो व्यवहार गरिरहेका छन्।
अमेरिकी सञ्चारमाध्यमले गएको हप्ता नै राष्ट्रपतिमा बाइडेन विजयी हुने बताएका थिए । केही राज्यमा अझै पनि मतगणना जारी छ ।
राजनीतिबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७