

काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद चर्किरहेका बेला नेपाल कम्युनिस्ट पार्टीले सचिवालय बैठक बोलाएको छ । पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दूरी बढेपछि प्रभावित बनेको सचिवालय बैठक बोलाउन दुवै अध्यक्ष आ–आफ्नो अडानबाट पछि हटेपछि सहमति जुटेको हो । दुवै अध्यक्षसँग परामर्श गरी महासचिव विष्णु पौडेलले शुक्रबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक बोलाउनुभएको छ ।
पार्टीभित्र विवाद चर्किंदै गएपछि कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीसँग सचिवालयको बैठक बोलाउन माग गर्नुभएको थियो । तर ओलीले पहिला एजेन्डामा सहमति भएपछि मात्र बैठक बस्ने अडान लिएपछि थप तनाब बढेको थियो । पार्टी विधानअनुसार दुवै अध्यक्षको सहमतिमा बैठक डाक्ने व्यवस्था भएको र त्यसका लागि पहिला एजेन्डामा सहमति हुनुपर्ने अडान राखेपछि प्रचण्डसहित पाँच नेताले लिखितरुपमा नै बैठक बोलाउन माग गरेका थिए ।
यसअघि कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ गरी पाँच जनाले मंसिर २२ मा सचिवालय बैठक डाक्न अध्यक्ष ओलीलाई लिखित माग बुझाएका थिए ।
तर दुई अध्यक्षबीच सहमति जुट्न नसेपछि बिहीबार प्रचण्डले सचिवालयको अनौचारिक बैठक बोलाउनुभएको थियो । दुई अध्यक्षबीच सहमति जुटेपछि बिहीबारको सचिवालयको अनौपचारिक बैठक स्थगित भएको थियो ।
सचिवालय बैठकमा विशेष गरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको कार्यशैलीमाथि छलफल हुने बताइएको छ । राजदूत सिफारिस, मन्त्रिपरिषद् पुनर्गठन, भारतीय रअका प्रमुखसँगको भेट, कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावलगायतको एजेन्डामा छलफल हुने नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।
राजनीतिबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७