

एजेन्सी । पाकिस्तानमा कोरोनाभाइरसबाट एकैदिनमा अत्यधिक धेरै ३४ जनाको मृत्यु भएको छ । पाकिस्तानको नेस्नल कमाण्ड एण्ड अप्रेसन सेन्टरले बिहीबार दिएको जानकारीअनुसार देशमा सङ्क्रमितको संख्यामा पनि बृद्धि हुदै गएको छ ।
यसअघि गत जुलाई २४ का दिन सवैभन्दा धेरै एकैदिनमा ३५ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । अधिकारीहरुका अनुसार पाकिस्तानमा अहिलेसम्म सात हजार ५५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । महामारी फैलिएको झण्डै नौ महिनाको अवधिमा उनीहरुको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरी गरेर कुल एक हजार ८०८ जनाको मृत्यु भएको पनि केन्द्रले जनाएको छ । यो सँगै पाकिस्तानमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या तीन लाख ४९ हजार ९९२ जना रहेका छन् ।
अहिलेसम्म कुल सङ्क्रमित मध्ये तीन लाख २० हजार ८४९ जना भने कोरोनाभाइरसबाट सङ्क्रमण मुक्त भइसकेका छन् । केन्द्रले दिएको जानकारी अनुसार बाँकी २२ हजार ८८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेकाले उनीहरुको उपचार भइरहेको छ ।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७