

ह्वाट्सएपले Disappearance फिचर लन्ज गर्दैछ । सो फिचर ले ह्वाट्सएपमा गरिएको कुराकानी ७ दिनपछि आफैं हराएर जानेछ । प्रयोगकर्ताको कुराकानीलाई गोप्य बनाउने हेतुले यो फिचर ल्याइने भएको हो ।
प्रयोगकर्ताले आफ्नो लागि सुरक्षित राख्नुपर्ने कुराहरु भने डाउनलोड अथवा फरवार्ड गरेर पनि सेफ राख्न सक्नेछन् । नोभेम्बर अन्तिमबाट यो फिचर उपलब्ध हुने बताइएको छ । एक ब्लगपोस्टमा ह्वाट्सएपले सात दिनमा मेसेज आफै हराउने गरी सेटिङ गर्न सकिने बताउँदै ह्वाट्सएपका च्याटिङ स्थायी नहुने तथा विगतमा के विषयमा कुरा गरिएको थियो भन्ने कुरा पनि नभुल्ने गरी नयाँ फिचर ल्याउन लागिएको जनाएको छ ।
ह्वाट्सएपको मातृ कम्पनी फेसबुकका सीईओ मार्क जुकरबर्गले गत वर्षको अप्रिलमै प्रयोगकर्ताको गोपनियतालाई सुदृढ बनाउनका लागि सोसल नेटवर्कमा विविध परिवर्तनहरु गरिने प्रतिबद्धता जनाएका थिए ।
त्यसमध्ये एउटा परिवर्तन चाहीँ निश्चित समयभित्र च्याटहरु आफै हराउने फिचर थप गर्नु थियो ।
साथै फेसबुकले आफ्ना तीनवटा मेसेजिङ प्लाटर्फमहरु ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक मेसेन्जरलाई एकीकरण गरी एक प्लाटर्फमबाट अर्कोमा सन्देश आदान प्रदान गर्न सकिने बनाउँदैछ ।
स्मरण रहोस् मेसेजिङ एप स्नापच्याटमा मेसेजहरु आफैं हराउने फिचर उपलब्ध छ ।
बीबीसी
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७