

काठमाडौं । यो वर्षको तिहारको पहिलो दिन आज कागको पुजा गरी काग तिहार मनाइँदैछ । हिन्दु मान्यता अनुसार यमराजको दुतको रुपमा लिइने कागलाई मिठा फलफुलको साथमा दियो बाली पुजा गर्नुका साथै माला समेत अर्पण गरेर पुजा गर्ने चलन रहिआएको छ । यसो गर्दा यमदुत मानिने कागले यमराज समक्ष शुभ समाचार मात्र सम्प्रेषण गर्दछ भन्ने धार्मिक मान्यता छ ।
यमपञ्चक हिजै देखि शुरु भएता पनि तिथिका कारण काग तिहार भने आज परेको हो । यसै गरी तिथिकै घटबढका कारण भोली बिहानमा कुकुर पुजा र बेलुकी लक्ष्मीपुजा परेको छ । भोली दिउँसो १ बजेर ४९ मिनेट जाँदा सम्म कात्र्तिक कृष्ण चतुर्दशी नै रहेको छ भने त्यसपछि मात्र औंशि तिथि लाग्ने छ । लक्ष्मीपुजा भने औंशि तिथि लागेपछि मात्र गर्नुपर्ने शास्त्रिय विधान छ ।
तर औंशि तिथिमा गरिने दान भने भोली नभएर पर्सि ३० गते बिहान मात्र गर्नुपर्ने जनाइएको छ । भाइटिका भने मंसिर १ गते परेको छ । नेवार समुदायले २ गते मनाउने साइत निकालेका कारण सरकारले २ गतेलाई पनि सार्वजनिक बिदा भने दिएको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७