

जनकपुरधाम । निकट भविष्यमा आउने कोरोना भाइरसविरुद्धको भ्याक्सिन व्यवस्थापनका लागि प्रदेश २ ले पूर्वतयारी थालेको छ ।
प्रादेशिक कोरोना संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोरोनाविरुद्धको भ्याक्सिन व्यवस्थापनका लागि भन्दै समिति गठन गरेको छ ।संक्रामक रोग विशेषज्ञ एवं विज्ञ समूहका सदस्य डा। गरिबनाथ ठाकुरको संयोजकत्वमा गठन भएको भ्याक्सिन व्यवस्थापन समितिमा आपूर्ति महाशाखाका निर्देशक डा. प्रमोद यादव र स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झालाई सदस्यमा राखिएको छ ।
गठित समितिले निकट भविष्यमा आउने कोरोनाविरुद्वको भ्याक्सिनलाई व्यवस्थित गर्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
बिहीबारको बैठकले अस्पतालमा आधारित उपचार प्रणालीलाई थप सुदृढ बनाउन प्रदेश भरिका ६ वटा अस्पतालमा २५ बेडका दरले जम्मा १५० बेडको उच्च निर्भरता कक्ष ९एचडीयू० निर्माण गर्ने निर्णय समेत गरेको छ ।
प्रदेश सरकारको आर्थिक सहयोगमा विभिन्न अस्पतालहरुले खरिद गरेको भेन्टिलेटरहरुलाई यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा समाजिक विकास मन्त्रालय आपूर्ति महाशाखाका निर्देशक डा। प्रमोद यादवले महामारी विरुद्धको तेस्रो चरणको तयारी स्वरुप पचास हजार भीटीएम र रिएजेन्ट खरिद गरिसकेको, पीसीआर ल्याव सञ्चालन गर्न बाँकी रहेको चार जिल्लामा यसै सातादेखि ल्याव सञ्चालनमा ल्याउन सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी गराए ।
प्रदेश २बाट थप समाचार
१० हजार बोरा युरिया मल उपलब्ध गराउने
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन
गर्मी बढेपछि पठनपाठन बन्द
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७