

राज्यको चौथो अङ्ग, ज्ञानको व्यवसाय पत्रकारिता समसामयिक समाचार तथा विचारहरू जनतासामु पुर्याउने सञ्चारको प्रभावकारी माध्यम हो । यसले आम सर्वसाधारण जनतादेखि ठूलाबडाहरू माझ सत्य, तथ्य र जनसरोकारका समाचार दिने कार्य गरेको हुन्छ । तत्काल देखिएका, जानेका, घटेका, भएका घटनाहरूको सूचना प्रवाह गर्ने तथा व्याख्या विश्लेषण विवेचना गर्ने काम नै पत्रकारिताभित्र पर्दछ । समाचार प्रकाशन गरी व्यक्ति समुदायका गतिविधि अरू व्यक्तिहरूलाई जानकारी गराउनु, विचार, अनुभवका बारेमा जानकारी दिनु पत्रकारिताको प्रमुख उद्देश्य पनि हो । अहिले कोभिडको महामारीका समयमा पनि सरकारी मिडियाबाहेक निजी क्षेत्रका अधिकांश सञ्चारकर्मी सेवासुविधा बिना जोखिम मोलेरै फ्रन्र्टलाइनमा काम गरिरहेका छन् । यद्यपि हाम्रा जनप्रतिनिधि र स्वाथ्य क्षेत्रका कतिपय कर्मचारी तलबभत्ता र अतिरिक्त सुविधा लिएर पनि जिम्मेवार बन्न सकिराखेको देखिँदैन । अझ दुईतिहाइ नजिकको नेकपाको सरकार र प्रतिपक्ष यो कोभिडको महामारीमा स्वास्थ्य क्षेत्रमा जमेर लाग्नुपर्ने बेला आफ्नै घरझगडामा नराम्रो गरी फसेका छन् । जसका कारण पार्टी पङ्क्तिमा मात्र होइन आम जनमानसमा दलीय राजनीतिप्रति वितृष्णा बढ्दै गएको देखिन्छि । स्वस्थ्य, निस्पक्ष पत्रकारिता समाजको आँखा नै हो । त्यस कारणले गर्दा पनि सञ्चारकर्मीले सत्य, तथ्य, निस्पक्ष समाचारलाई निडर तरिकाले जनतासामु पु¥याउन सक्नु कर्तव्य हो । त्यही भएर यो कोभिडका बेला पनि अधिकांशले फ्रन्ट लाइनमा उभिएर जोखिम मोलेर आफ्नो जिम्मेवारी बहन गरेका छन् । स्वास्थ्य सुरक्षाका उपकरण पीपीई त परै जाओस मास्क सेनिटाइजर पन्जा किन्ने रकमसमेत कतिसँग छैन । तर सरकारी निकाय स्वास्थ्य उपकरण खरिदमा पनि ठूलो अनियमितता भइरहेको तथ्य सार्वजनिक भइरहेको छ । यसैक्रममा कतिपय सञ्चारकर्मी सक्रमित समेत हुनुभएको छ त कति निको पनि हुनुभयो । लामो समय लकडाउनकै कारण विविध समस्याले यो समयमा केही सञ्चार माध्यम अत्यन्तै धिमा तरिकाले चलेका छन् भने केही बन्द पनि भएका छन् । हुन त कोरोना सङ्क्रमणका कारण निजी क्षेत्र प्रभावित हँुदा विज्ञापन ठप्प नै भयो भने पत्रिका रेडियो टेलिभिजनका वार्षिक ग्राहक शुल्क र बक्यौता नउठ्दा निकै सङ्कटमा परेका पनि छन् ।
कति सञ्चारकर्मी निकालिएका पनि छन् । अनि तीन तहको सरकारले स्पष्ट योजना बनाएर निजी क्षेत्रका सञ्चार माध्यमलाई केही गर्न सकिरहेको छैनन् । वास्तवमा यतिखेर मिडियाको भूमिका राज्यले बिर्सेको अनुभूति आम सञ्चारकर्मी र सञ्चार माध्यमले अनुभव गरेको पाइन्छ ।
प्रदेश ५ अर्थात लुम्बिनी प्रदेश सरकार पनि सञ्चार क्षेत्रमैत्री देखिएन । गत वर्ष मात्र सञ्चार क्षेत्रका लागि लोककल्याणकारी बिज्ञापन, सूचनाका लागि विनियोजित करिब दुई करोड रूपैयाँ फ्रिज नै भयो । कतिपय मन्त्रालय, पालिका, कार्यालयबाट वितरीत सूचना विज्ञापन पनि केही सञ्चारकर्मी, तीनका एड एजेन्सी र नजिकका आडमा वरिपरि वितरण गरिएका कारण सूचना विज्ञापन लक्षित क्षेत्रमैत्री हुन सकेको देखिँदैन ।
तलबभत्ता सेवा सुविधा लिएर काम गर्ने राष्ट्र सेवक र हाम्रा जनप्रतिनिधि, उद्योगी व्यवसायी सर्वसाधारण जनताले कर राजस्व, महसुल तिरेअनुुसार सेवासुविधा पाए पाएनन्, जनताको दिनचर्या कसरी वितेको छ रु के कस्ता समस्यामा परेका छन् रु भन्नेतिर भन्दा पनि प्रायः सधै आफ्नै फाइदामा मात्र रुमलिएको नागरिकको बुझाइछ । उनीहरूको सेवा सुविधा बढ्दा जनतालाई करको बोझ थपिनु स्वाभाविक नै हो । जसका कारण अहिले मुलुकमा कर आतङ्क नै भएको महसुस धेरैले गरेका छन् । सरकारको काम गराइको पारा देख्दा खालि आफैहरूले तलब भत्ता खाने, गाडी चढ्ने र केहीलाई भ्रष्टाचार गर्न यस्ता कर महसुल तिरे जस्तो भएको महसुस आम नागरिकले समेत गरिरहेको पाइन्छ । पछिल्लो समय आम नागरिकले, उद्योगी व्यवसायी नो सर्भिस नो ट्याक्स भन्ने आवाज पनि उठाउन थालेको सामाजिक सञ्जालमा प्रशस्त देख्न थालिएको छ ।
लकडाउन खुकुलो भएसँगै फर्किन लागेको व्यापार व्यवसाय अहिले कर, भन्सार र राजस्व अनुसन्धान कार्यालयका केही कर्मचारीकै अनावश्यक दबाब र हस्तक्षेपले निरास हुनुपरेको बुटवलका उद्योगी व्यवसायीको गुनासोबाट पनि स्पस्ट हुन्छ । यो समस्या जतातै छ । आफैँले निर्वाचनमा चुनेर पठाएका जनप्रतिनिधि अहिले बढी सुविधाभोगी देखिएका कारण बोझ जस्तो हुन थालेको आम नागरिकको बुझाइ छ ।
कर राजस्व असुलीका नाममा केही दिनयता राजस्व अनुसन्धान कार्यालय बुटवलमा समातिएका साना ठूला रिटेल, थोक व्यवसायीका गाडीलाई दुःख दिने प्रवृत्तिले काम गर्दा व्यवसायी निरास हुनपरेको छ ।
अनावश्यक झन्झट दिँदा राजस्व सङ्कलनमा समेत कमी आउने व्यवसायीको भनाइ छ । आयात निर्यात हुने वस्तुको भन्सार मूल्याङ्कनको दर रेट समयअनुकूल परिमार्जित नहुँदा ब्यापारी ठूलो झमेलामा परेको गुनासो छ ।
पछिल्लो पटक असोज महिनामा बुटवल थोकबजारमा लसुन, प्याज पसलमा बजार अनुगमनमा पुगेको टोलिले केही व्यापारीलाई कारवाहीपछि व्यापारी काम गर्न हच्किएका छन् । जसका कारण आम उपभोक्ता झनै ठगिएका छन् ।
हाम्रा जनप्रतिनिघिको सेवा सुविधा बढ्दै गएकै कारण कर राजस्व बढेको हो । तर कोरोना कहरमा पर्दा राज्यबाट संरक्षण नपाएका हरेक क्षेत्रका व्यवसायी निरास छन् । विभिन्न माल वस्तुको समयअनुसार भन्सार दर परिवर्तन नहुँदा काम गर्न समस्या मात्र होइन नियमअनुसार फसिने डरसमेत भएको व्यापारीको गुनासो छ ।
यस्ता सवालमा भन्सार राजस्व कार्यालय कर्मचारी जिम्मेवार नहुँदासम्म न त उद्योगी व्यवसायीको काम गर्ने हौसला बढ्छ न त राज्यको राजस्व नै बढ्छ ।
यही हप्ता नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालको सहायतामा बुटवलमा आयोजना भएको कोभिड जागरण अभियान तथा अन्तर्क्रिया कार्यक्रममा दिएको जानकारी अनुसार कोरोनामा महामारी पछिको यस ७ महिनाको अवधिमा ४ सयभन्दा बढी सञ्चारकर्मी कोरोना सङ्क्रमित भएका छन्, ५ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमितमध्ये ८० जना भन्दा बढी उपचारकै क्रममा छन् । करिब आठ सय पत्रकारका जागिर गुम्नुका साथै १५ सय पत्रकारले केही महिनादेखि तलब नपाएको र बिना कारण पत्रकारको तलब कटौती गरिएको छ । यसले सिङ्गो पत्रकारिता क्षेत्रमा नकारात्मक असर पर्ने बताइएको छ ।
‘पत्रकार भनेका आवाजविहीन जनताका आवाज हुन् । उनीहरू नै पलायन भए सरकारका गलत काम बाहिर निकाल्ने र जनताको आवाज सुन्ने कोही हुँदैन । यस्तो महामारीका बेला पत्रकार अझै सशक्त हुनुपर्छ । तर सशक्त हुने वातावरण छैन । भोको गोरुले कसरी जोत्न सक्ला भनेझैँ भएको छ यतिखेर पत्रकारिता क्षेत्र ।
वास्तवमा यतिखेर नेपालमा मिडिया हाउस र सञ्चारकर्मी सङ्कटमा छन् । अझ अनलाइन मिडिया र सामाजिक सञ्जालले गर्दा पत्रपत्रिका र टेलिभिजनको चार्म घट्दो छ । जोखिम मोलेर काम गरिरहेका पत्रकारका लागि राज्यले कुनै राहतको व्यवस्था गर्न नसक्नुबाट स्पष्ट हुन्छ लोकतान्त्रिक सरकार पनि सञ्चार मैत्री हुन नसकेको देखिन्छ । यद्यपि यही महामारीको बेला कतिपय प्रदेशमा सांसद मन्त्री र पालिकाका प्रतिनिधिहरूले सेवासुविधा समेत बढाएर लिए । अब प्रश्न उठ्छ तलबी जनप्रतिनिधिका खबर सङ्कटमा परेका मिडिया हाउस र सञ्चारकर्मीले कति दिनसम्म लेख्न सक्लान् रु
केही सञ्चारकर्मीहरूले आफ्नो धर्म निर्वाह गर्न नसकेका कारण राष्ट्रको चौथो अङ्ग भएर पनि अरूबाट अपहेलित हुनुपरेको तीतो यथार्थ पनि छँदैछ । अनि सङ्घीय, प्रदेश र स्थानीय सरकार चलाउन कम्मर कसेका हाम्रा जनप्रतिनिधि पनि जिम्मेवार भएर अगाडि बढ्न नसकेका कारण पत्रकारिता क्षेत्र झनै डरलाग्दो बन्न थालेको परिदृश्य पनि देखिन थालेको छ । थुप्रै सञ्चारकर्मी अहिले हाम्रा जनप्रतिनिधिका प्रेस सल्लाहकारका रूपमा पनि हुनुहुन्छ । राजनीति प्रभाव र दबाबमा रहेको हाम्रो पत्रकारितालाई यो प्रवृत्तिले कुनै मानेमा बलियो बनाउँदैन । सरकारी सेवा सुविधा बुझेपछि समाचार स्वतः एकपक्षीय हुनु स्वाभाविक होइन भन्न सकिँदैन ।
२८ वर्ष अगाडि मैले पत्रकारिता सुरु गर्दा यो पेसाप्रति उद्योगी, व्यवसायी, कर्मचारी र आम सर्वसाधारण जनतामाझ जुन विश्वास, भरोसा डरत्रास हुन्थ्यो त्यो आजका दिनमा निकै कम छ । हिजोआज गहकिलो खोजमूलक समाचार, विचार उत्तेजक लेखभन्दा पनि सभा, गोष्ठी, वार्षिकोत्सव, उद्घाटन, तालिमका सतही समाचारले नै बढी प्राथमिकता पाउने गरेका छन् । जसका कारण पत्रकारिताको प्रभाव निकै कमजोर बन्दै गएको छ । यस्तै कारण पनि राज्य हाम्रा समस्याप्रति गम्भीर नभएको हो कि भन्ने आशङ्का उब्जनु स्वाभाविक पनि हो ।
एकातिर सञ्चारकर्मी राजनीतिक धरातलबाट माथि उठ्न नसक्नु अर्कोतिर गुणस्तरभन्दा सङ्ख्या मात्र बढिरहेको हाम्रो पत्रकारिता जुन रूपले फस्टाउनुपर्ने हो त्यो रूपले फस्टाउन सकेको छैन । त्यस्तै खामबन्दी पत्रकारिताले प्रस्रय पाउन थालेको चर्चा पनि भइरहेको छ । सञ्चारकर्मीहरूले नै लेखेर, भनेर, देखाएर के हुन्छ र रु भन्ने अवस्था सिर्जना भएको पनि छ । सञ्चारकर्मी नै एकआपसमा आरोप प्रत्यारोप, राजनीतिक भागबण्डामा लागेका कारण यो पेसा बद्नाम हुँदै गएको पनि छ । हा,े सञ्चारक्षेत्र मुलुकको राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रबाट स्वतन्त्र रहन सक्दैन । तर केही सञ्चारकर्मीले पत्रकारितालाई मागी खाने साधन बनाउँदै आएका गुनासो पनि सुनिन्छ । जसका कारण यो क्षेत्र बदनाम हुँदै गएको छ । हामीले यथार्थ धरातलमा गएर कुनै पनि विषयवस्तुलाई सार्वजनिक गरिदिन सकेनौँ भने त्यसले समाजमा नकारात्मक असर पार्दछ । पाठकसामु विश्वास टुट्छ । तसर्थ यस पेसामा लाग्ने हामीले निस्पक्ष रूपमा संवेदनशील भएर सूचना प्रभाव गर्न जरुरी छ । चाकडी चाप्लुसीमा लागेर यसो गर्न सकिएन भने देश र जनताको भलो सामाजिक नैतिक मूल्य र मान्यताको विकास, भ्रष्टाचार उन्मूलन हुन सक्दैन भने जनताको विश्वास जित्न पनि सकिँदैन ।
केही व्यक्ति पत्रकार बन्दैमा वा पत्रकारिताको कार्ड भिर्दैमा उसमा अरु नागरीक भन्दा विशेष अधिकार वा सुविधा सृजना हुदैँन । यो कुरा उसको बानि व्यहोरा, पेशाप्रतिको समर्पण र इमानदारिताले सिर्जना गर्दछ । तर वर्तमानमा पत्रकारिता पत्याउनै नसकिनेगरी डरलाग्दो तरिकाले अगाडि बढेको छ । कतिपयले त प्रहरी, प्रशासन, जनप्रतिनिधिका निगरानी गर्नुपर्ने सञ्चारकर्मी उनैको आडमा विकृति बेथिति र भ्रष्टाचार बढाउन सहयोगी बनिरहेका छन् भन्न थालेका छन् ।
आजभन्दा १५ वर्ष अगाडि पाल्पाको रेडियो पश्चिमाञ्चल एफएममा स्टेसन म्यानेजरको रूपमा कार्यरत रहदा रेडियोले ३ हजारदेखि ४ हजार रुपैयाँमा बजाएको विज्ञापन अहिले रेडियोहरूमा एक हजार, पन्ध्र सय रुपैयाँमा बजाउन पाउँदा खुशी हुनुपर्ने अवस्था छ । हाम्रो विज्ञापन बजार कमजोर हुनुमा हाम्रै कमजोरी र मिडियाहरूबीचको अस्वस्थ प्रतिस्पर्धा नै हो । त्यस्तै राजधानीमा रहेका ठूला सञ्चारगृह हुन् वा मोफसलमा रहेका अधिकांश सञ्चारगृहले श्रमको शोषण गरिरहेको हामी सबैलाई जग जाएर नै छ । मिडिया हाउसले खोजमूलक समाचारका लागि लगानी गर्ने परिपाटी खास छैन । त्यसमाथि ४÷५ महिनासम्म पनि तलब नपाउँदा काम गर्न परिरहेको अवस्थाको अन्त्य हुन नसक्दा खाम पत्रकारितले प्रस्रय पाउन थालेको पनि छ । कुनै पनि कार्यक्रममा पुग्ने सञ्चाकर्मीले आयोजकबाट खाममा केही पाउने आशा गरिरहने अवस्था सिर्जना भएको छ ।
तसर्थ यावत समस्याप्रति मिडिया हाउस र सरकार गम्भरी नहुने हो भने कोभिडको प्रत्यक्ष मारमा नराम्रोगरी परेको सञ्चार क्षेत्रमा अझ विकृति विसङ्गति भित्रिने पक्का छ । धेरै सञ्चारकर्मी पेसाबाट विस्थापित हुनेछन् । हुन त कतिपय सञ्चारकर्मी विदेशिएको, ठेक्कापट्टा, व्यापार व्यवसायतिर लागेको, विभिन्न कार्यालय र संस्थामा जागिर गर्न थालेको हामीले देखेकै छौँ । नयाँ पिँढीमा यो क्षेत्रमा प्रवेश गर्ने इच्छा पनि देखिँदैन ।
पत्रकारिता क्षेत्रको महत्त्व आजको युगमा कति छ भन्ने कुरा सबैलाई जगजाहेर नै छ । तर मिडिया हाउस सञ्चारकर्मीले नभई ठूला उद्योगी, व्यापारी, दलाल, माफियाले चलाउन थालेकाले यस्तो अवस्था आएको हो । पत्रकारिताभन्दा पार्टी कारिता फस्टाएको अवस्था पनि छ । चाकडी, चाप्लुसी, नातावाद, राम्रोभन्दा पनि हाम्रो भन्ने परिपाटीले पत्रकारिता क्षेत्र मर्यादित हुन नसकेको हो । हिजोका दिनमा पत्रपत्रिकामा लेखिएका, रेडियोले भनेका, टिभीमा हेरेका कुराले धेरै अर्थ राख्दथ्यो । तर अहिले पत्रपत्रिका, रेडियो, टेलिभिजनको सङ्ख्या नगन्य छ । त्यहाँ प्रकाशित प्रसारित समाचारले समाजमा खासै असर पारेको देखिँदैन ।
अबको नेपालको पत्रकारिता राजनीतिभन्दा पनि आर्थिक, सामाजिक, कृषि र पर्यटन विकासतिर जान नेपालका लागि आवश्यक छ । तर नेपाल कृषि प्रधान देश भनिए पनि कृषि शिक्षा अनिवार्य छैन रु
हुन त प्रजातन्त्र, गणतन्त्रको स्थापनाका लागि सञ्चार क्षेत्रले खेलेको भूमिकामा राजधानी बाहिरका मिडियाको भूमिका पनि कम छैन । तर मोफसल हरेक अवसरबाट अहिले पनि टाढा छ । तसर्थ राष्ट्र, राष्ट्रियता र जनताको हितका लागि पत्रकारितालाई गरिमामय, स्वस्थ्य, विश्वासनीय बनाउन नयाँ शिराबाट सोच्न आवश्यक छ । जसका लागि सञ्चारकर्मी, सञ्चारगृह र सरकार यस क्षेत्रको विकासका लागि निस्पक्ष भएर अगडि बढ्न जरुरी छ । अब सञ्चारगृह मर्जर नै गरेर अगाडि बढ्ने कि बहस आवश्यक भइसकेको छ । सरकारले पत्रकारिता क्षेत्रको विकासलाई जोड दिदैँछ । हक अधिकार लागू गर्दैछौँ । पत्रकार महासङ्घ स्थापना भइसकेको छ । धेरै रेडियो, टेलिभिजन, पत्रपत्रिका निस्केका छन्, खुलेका छन् भनेर यो क्षेत्रको विकास हुन सक्दै सक्दैन । चेतना होस् ।
विचारबाट थप समाचार
अन्नपूर्णले पोतेको खुसीका रङ
ट्रम्पले युएसआईडीको फन्ड काटेर जगाइदिएको राष्ट्रवाद
बुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय ः प्रधानमन्त्री
नेपाल टेलिकमलाई नयाँ लाइसेन्स दिने मन्त्रिपरिषद्को निर्णय
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७