

विपन्न वर्गभित्रको बेरोजगारलाई न्यूनतम १ सय दिनको रोजगारी प्रदान गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमको बेरोजगार सूचीमा साढे ६ लाख सूचीकृत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय निकायहरूबाट संकलन गरेको तथ्यांकअनुसार ६ लाख ६७ हजारले रोजगारीको माग गर्दै नाम दर्ता गराएका छन् । मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहमा रोजगार सेवाकेन्द्र स्थापना गरी बेरोजगारको नाम संकलन गर्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रममा प्रमुख सुमन घिमिरेले बताए ।
मन्त्रालयले विपन्न वर्गभित्रको बेरोजगारलाई न्यूनतम १ सय दिनको रोजगारी प्रदान गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेको छ । बुधबार हाम्रो सम्मान परियोजना र नेपाल वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको एक कार्यक्रममा घिमिरेले बेरोजगारलाई तथ्यांक रोजगार सूचना व्यवस्थापन प्रणालीमा राखिएको बताए । ‘अब कोसँग के सीप छ रु कस्तो रोजगारीको आवश्यकता छ रु सोहीअनुसार रोजगारी उपलब्ध गराउन अन्तरमन्त्रालय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरिरहेका छौँ,’ उनले भने, ‘वन मन्त्रालयसँग मिलेर २५ हजारलाई तालिम दिने गरी छलफल गरिरहेका छौँ ।’
रोजगारदाता र बेरोजगारलाई जोड्न माग
नेपालमा नयाँ रोजगारको अवसर सिर्जना भए पनि बेरोजगारसँग जोड्न नसकिएको सरोकारवालाले बताएका छन् । रोजगारदाता र बेरोजगारलाई जोड्ने निश्चित समन्वयता संरचना नहुँदा दुवै पक्षले लाभ लिन नसकेको रोजगारविज्ञ नीलाम्बर बडालले बताए । तर, अनुमान गरिएजस्तो बेरोजगारी सिर्जना नभएको उनको भनाइ छ । ‘हामीले अनुमान गरेजस्तो नेपालमा बेरोजगारीको समस्या छैन । तर, यसलाई परिचालन गर्न भने नसकिएको हो,’ उनले भने ।
त्यस्तै, आमकाश नेपालकी प्रमुख विजया राई ९श्रेष्ठ०ले कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएर फर्केका महिलाहरू नेपालमै काम गर्न चाहेको बताइन् । ‘फर्किएका दिदीबहिनी नेपालमा नै काम गर्न चाहन्छन् । तर, सरकारको कुनै निकायले उनीहरूको समस्या सम्बोधन गरेन,’ उनले गुनासो गरिन् । जवाफमा प्रधानमन्त्री रोजगार कार्यक्रमका प्रमुख सुमन घिमिरेले मन्त्रालयले सञ्चालन गरेको श्रमिक बैंकले यस्तो खालको समस्यालाई सम्बोधन गर्ने दाबी गरे ।
विदेशबाट फर्केका श्रमिकलाई कार्यक्रममा जोड्नुपर्ने
सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम दिगो बनाउनुपर्नेमा जोड दिँदै रोजगारविज्ञ नीलाम्बर बडालले कार्यक्रमसँग सन्तुष्ट हुन सक्ने अवस्था नरहेको बताए । ‘हामीले स्थानीय निकायहरूलाई रोजगारीको अवस्थाबारे लगत संकलन गर्ने जिम्मेवारी दिएका थियौँ । त्यो लगत उहाँहरूले कत्तिको संकलन गर्नुभयो, एकचोटि फलोअप गर्नुपथ्र्यो,’ उनले भने, ‘त्यो लगतअनुसारले विदेशबाट काम गरेर फर्किएर आउनुभएकाले ल्याउनुभएको सीप, पुँजी र ज्ञानका कुराहरू के–कस्ता छन् भनेर तथ्यांक राख्ने भन्ने थियो ।’ तर, स्थानीय निकायले सही लगत संकलन गर्न नसकेको उनले गुनासो गरे ।
तर, प्रधानमन्त्री रोजगार कार्यक्रम प्रमुख सुमन घिमिरेले भने सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले अति विपन्न व्यक्तिलाई मात्रै रोजगार दिने बताए ।
बजारबाट थप समाचार
साताभर ओरालो यात्रामा सेयर बजार
ओम मेगाश्रीले भोली देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने
नेप्सेमा २०.६८ अंकको गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार
लगातार चौथो दिन नेप्से परिसूचकमा गिरावट
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७