TRENDING

नेकपा सचिवालय बैठक शुक्रबार बस्ने , के अन्त्य होला त विवाद ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्‍ने भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्‍न लागेको हो । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बैठक बोलाएका हुन् । मैले पनि हल्ला मात्रै सुनेको हुँ , प्रवक्ता नारायणकाजी श्रेष्ठले भने , बैठक बोलाएको भन्‍नेबारे बुझ्नै बाँकी छ । शुक्रबार अपरान्ह बैठक बोलाएको बालुवाटार स्रोतले जानकारी दियो ।

नेकपामा केही समयदेखि चरम विवाद छ । विवाद समाधानका लागि ओलीलाई नेकपाका नौ सदस्यीमध्य पाँच जना सदस्यले गत २२ गते बैठक राख्‍न दुई दिनको म्यादसहित लिखित पत्र दिएका थिए । दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले दिएको उक्त म्याद पनि सकिएको छ । नेकपाका एक नेताका अनुसार सोही समयमा ओलीले बैठक नराखे आफुहरुले बैठक राख्‍ने चेतावनी दिएका थिए ।

दाहाल(नेपाल समूहले दबाब दिएपछि ओलीले आइतबार विष्णु पौडेल, डा। भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल र रघुजी पन्तलाई बालुवाटार बोलाएर छलफल गर्न खोजेका थिए । तर पूर्वमाओवादी समूह भने गएनन् ।

शनिबार पाँच सदस्यले बैठक बोलाउन लिखित पत्र नै ओलीलाई बुझाएपछि आइतबार माधवकुमार नेपाललाई बालुवाटारमा बोलाई छलफल गरेका थिए । बैठकमा ओलीका तर्फबाट खास तथा ठोस प्रस्ताव नआए पनि नेता नेपालको धारणा बुझ्‍ने काम मात्र भएको बैठकमा सहभागी पूर्व मन्त्री एवं नेता सुरेन्द्र पाण्डेले बताएका थिए । ‘उहाँ ९ओली० बाट ठोस प्रस्ताव केही आएन, हाम्रा धारणा सुन्‍ने काम मात्र भयो,’ बैठकपछि स्थायी कमिटी सदस्य पाण्डेले इकागजसँग भनेका थिए ।

आइतबार अन्तरपार्टी विवादलाई माक्‍सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुल्झाउनसमेत आयोगका अध्यक्ष अमृतकुमार बोहोराले सुझाएका थिए । उनले पार्टी समितिका आधिकारिक निकायलाई गतिशील तुल्याइ विभाजन जस्ता सुन्‍न नसकिने कुरा सार्वजनिक नगर्न सुझाव दिएका छन् ।

अध्यक्ष बोहोराले गत भदौ २६ को स्थायी समित बैठकका निर्णय कार्यान्वयनमा लैजान सुझाएका थिए । त्यसका लागि नेतृत्वलाई तत्परता देखाउन आग्रह गर्दै बोहोराले समृध्द समाजवादी समाज बनाउने ऐतिहासिक आवश्यकता पूरा गर्न पार्टी एकता जरुरी भएकाले फुटतर्फ नजान सुझाएका छन् । ‘जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्‍ने विषयलाई कुनै प्रतिष्ठाको विषय नबनाऔं । पार्टी एकताका बाँकी सबै काम छिटो पूरा गर्दै पार्टी एकता प्रक्रियालाई दिगो र सुदृढ पार्न केन्द्रदेखि आधारभूत तहसम्मका पार्टीका सबै शक्तिलाई वैचारिक र संगठनात्मक रुपमा एकताबध्द बनाऔं,’ उनले भनेका छन, ‘पार्टीमा देखापरेका अनुशासन र पद्दतिहीनता, गुटबन्दी र अराजकता, कम्युनिष्ट आचरणमा विचलन जस्ता विद्यमान विकृति र विसंगतिलाई सघन वैचारिक संघर्षद्वारा परास्त गरौँ ।’

उनले नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा नेकपाको भूमिका अत्यन्त महत्वपूर्ण रहिआएको विषय नेतृत्वले भुल्न नहुने उल्लेख गरेका छन् । समाजलाई रुपान्तरण गर्ने प्रक्रियामा यसले गरेको संघर्षलाई नेतृत्वले इन्कार गर्न नहुँने भन्दै पार्टीमा अहिले देखिएको किचलो र आरोप प्रत्यारोपणले कार्यकर्ता दुःखी बनेको बोहोराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टी पंक्तिलाई निराश पार्ने ‘गालिगलौज’ ‘निन्दा भत्र्सना’ ‘आरोप(प्रत्यारोप’ र ‘पार्टी विभाजन’ जस्ता सुन्‍नै नसकिने अत्यन्त अप्रिय कुराहरू सार्वजनिक सञ्‍चारमाध्यमबाट आउने गरेका छन,’ विज्ञप्तीमा भनिएको छ,‘यो हाम्रा लागि गम्भीर चिन्ताको विषय हो । हामीसँग आन्तरपार्टी विवाद सञ्‍चालनका निक्कै राम्रा माक्‍सवादी परम्परा रहेका छन् । विगतमा पार्टीमा उत्पन्‍न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु हामीसँग छन् । त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु । विधि र पध्दति पार्टीका प्राण हुन भन्दै विज्ञप्तीमा उल्लेख छ, ‘पध्दति र प्रणाली रहेनन् भने पार्टी जीवन रहँदैन । यी कुराहरु हामीले बुझेकै छौं । तर हामी किन पार्टी विधान अनुसार विधि पध्दतिको पालना गर्दैनौ ? बैठकको औचित्य र निर्णय पालनाको मर्मलाई किन बुझ्दैनौं ?

नेकपा केन्दीय कमिटीको बैठक यही कात्तिक १५ गते बस्ने तय भएको थियो । तर नेताहरुबीच बढ्दो विवादका कारण केन्द्रीय कमिटी बैठक एक महिना पर धकेलिएको छ । यसको असर आगामी चैतमा गर्ने भनिएको नेकपाको एकता अधिवेशनसम्म पर्ने देखिन्छ ।

कर्णालीमा आफ्नै पार्टीका सांसदहरुले मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव गरेपछि चुलिएको विवाद हाल उत्कर्षमा पुगेको छ । त्यसपछि प्रधानमन्त्री ओलीले आफू खुसी मन्त्रिपरिषद पुनर्गठन र भारतीय जासुसी संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँग भेटवार्ता गरेपछि ओली दाहालबीच अविश्वास बढेको छ ।