धरानमा कोरोना संक्रमणको कारण तीन दिनको अन्तरालमा श्रीमान र श्रीमतीको निधन भएको छ। धरान १४ स्थित विजयपुरमा तीन दिनको अन्तरमा ६७ वर्षिया श्रीमती र ७४ वर्षिय श्रीमानको निधन भएको हो। तीन दिनअघि ६७ वर्षिया वृद्धाको अस्पतालबाट घर ल्याएको भोलीपल्ट निधन भएको थियो।
आज बिहान उनका ७४ वर्षिय श्रीमानको पनि उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले जानकारी दिए। उनका अनुसार होम आइसोलेसनमा रहेका वृद्धलाई गाह्रो भएपछि बिहान करिब साढे ९ बजेतिर अस्पताल लगिएको थियो। ‘साढे १० बजेतिर मृत्यु भएको जानकारी आएको छ,’मेहताले भने।
मृतकको कार्तिक २१ गते स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो। उनको पिसिआर रिपोर्ट २३ गते पोजेटिभ आएको थियो। मृतकको शव नियम अनुसार अन्त्येष्टीको तयारी भइरहेको पनि उपमहानगरपालिकाले जनाएको
छ।
समाचारबाट थप समाचार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा सुनुवाइ
पहाडी क्षेत्रमा मौसम आंशिक बदली
क्रिकेट रंगशाला निर्माण सरकारको प्राथमिकतामा
गृहमन्त्री लामिछानेविरुद्ध मुद्दा दायर
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
जेठ २४ गतेसम्म निषेधाज्ञा थप
जेष्ठ १७, २०७८