TRENDING

कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय

काठमाण्डौं । सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । कोरोना परीक्षण र उपचारका लागि यस अघि गरीएको निर्णयको चौतर्फि बिरोध आएपछि सरकारले आफ्नो निर्णय सच्याएको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

१५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न सर्वाेच्च अदालतले आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय सँच्याउन दबाब परेको थियो ।

यसमा पनि सरकारले निश्चित वर्गलाई मात्र नि:शुल्क र अरुलाई सशुल्क गर्ने भएको छ । स्रोतका अनुसार अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।

निजी अस्पतालबारे भने मन्त्रिपरिषद् मौन छ ।