TRENDING

एउटै व्यक्तिको एकै दिनको कोरोना परिक्षणमा दुई खाले रिपोर्ट

काठमाण्डौं । कोरोनाका कारण मृत्यू हुनेको संख्या दिनानुदिन बढिरहेको छ । संक्रमित र मृत्यू हुनेको संख्या बढ्दै गएतापनि राज्यको यस प्रतिको चासो र नियमनका गतिविधि भने प्रभावकारी हुन सकेको छैन । कोरोना परिक्षणका लागि तोकिएको मुल्यले जनता मारमा परेका छन् । चर्काे शुल्क तिरेरै गरेको परिक्षणको नतिजा पनि विश्वसनिय बन्न सकिरहेको छैन । यस्तै एउटा घटना फेरी उजागर भएको छ ।

बैदेशिक यात्राका लागि कोरोना परिक्षण गर्न लक्ष्मी खनाल काठमाण्डौं कमलपोखरी स्थित सेन्ट्रल डाइग्नोष्टिक ल्याबोरेटरी एण्ड रिसर्च सेन्टर प्रा.लि.मा पुगिन् । उनले अक्टोबर ७ अर्थात हिजो स्वाब दिएर आइने । उनको आज बिहान ८ बजेर २१ मिनेटमा आएको रिपोर्टमा कोरोना पोजेटिभ देखियो ।

उक्त रिपोर्ट पोजेटिभ आएपछि उनी विश्वस्त हुन सकिनन् । र पुनः ललितपुर सानेपा हाइटमा रहेको स्टार हस्पिटलमा आजै बिहान ९ः३० बजे स्वाब संकलन गरी परिक्षण गर्दा बेलुकि ५ बजे रिपोर्ट आयो कोरोना नेगेटिभ ।

उनी अन्योलमा परिन् । अब के गर्ने ?

एकै दिनमा दुई खाले रिपोर्ट आएको घटना यो पहिलो भने होइन । यि र यस्ता घटनाले कोरोना परिक्षण गर्ने हस्पिटल मात्र नभई परिक्षण प्रक्रिया र आउने रिपोर्ट माथि नै विश्वासको संकट परेको छ ।

Corona