

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. ४ करोड ४४ लाख ९६ हजार नाफा कमाएको छ । कम्पनीले अघिल्लो आवको चौथो त्रैमासमा रू. ३ करोड ८१ लाख १४ हजार नाफा कमाएको थियो ।
कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । ६० लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट पछि पूँजी रू. २ अर्ब पुग्नेछ ।
कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू. १४ करोड ८९ लाख ४० हजार जगेडा कोषमा सञ्चित गरेको छ । सो अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा रू. १ अर्ब ४ करोड ३६ लाख जम्मा भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा रू.१ अर्ब १९ करोड ७८ लाख बीमाशुल्क आर्जन गरेको छ ।
सो अवधिमा कम्पनीले १०२ जनालाई रू. ८४ लाख १३ हजार दाबी भुक्तानी गरेको छ भने छ जनालाई रू. ४१ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । हाल सम्ममा कम्पनीले ९९ ओटा शाखा कार्यालयहरुबाट बीमा सेवा प्रदान गर्दै आएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७