

काठमाडौं । शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक बिहीबार साढे चार अंकले घटेको छ । नेप्से ४ दशमलव ४७ अंकले घटेर १६३६ दशमलव १७ अङ्कमा झरेको हो ।
बिहीबार बैंक, व्यापार, फाइनान्स, निर्जीवन बीमा, उत्पादनमूलक, अन्य, माइक्रो फाइनान्स र म्युचल फण्ड समूहका उपसूचक घटेका छन् । यता होटल, विकास बैंक, जलविद्युत् र जीवन बीमा समूहको उपसूचक बढेका छन् ।
बिहीबार दिनभर दुई सय कम्पनीको कारोबारमा दुई अर्ब ८४ करोड २४ लाख रुपैयाँ बराबरका ९१ लाख २३ हजार कित्ता शेयर किनबेच भएका छन् ।
प्राइम कमर्सियल बैंक लिमिटेडको सबैभन्दा धेरै २० करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै अरुण काबेली पावर लिमिटेडको १८ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहीबार सानिमा जनरल इन्स्योरेन्स लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन् । विशाल बजार कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले भने साढे ८ प्रतिशत गुमाएका छन् ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७