TRENDING
होमपेज
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।
- प्रदेशका सामाजिक विकास मन्त्रालयहरुबाट प्राप्त विवरणअनुसार काठमाडौंका ८ जना, दाङका २ जना, भक्तपुर, सिन्धुली, सुनसरी, रौतहट, कास्की, स्याङ्जा, नवलपुर र बाँकेका एकएक जनाको मृत्यु भएको छ ।
- सितापाइला, काठमाडौंका ८१ वर्षीय पुरुषको शनिबार मृत्यु भएको छ । १८ कात्तिकमा निमोनिया भएर अस्पताल भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
- स्वयम्भु, काठमाडौंका ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनिया र शक भएर १७ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई १९ गते संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप र मधुमेहका समेत बिरामी थिए ।
- स्वयम्भु, काठमाडौंका ६५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । ३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया भएर १३ गते अस्पताल पुगेका थिए ।
- काठमाडौंका ७४ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । दम र स्ट्रोकका बिरामी उनी निमोनिया भएर २१ कात्तिकमा अस्पताल भर्ना भएका थिए र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
- काठमाडौंका ८९ वर्षीय पुरुषको शुत्रलबार मृत्यु भएको छ । ७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी मुटुमा समस्या भएपछि ८ गते अस्पताल भर्ना भएका थिए । उनी उच्च रक्तचाप र मधुमेहका विरामी थिए ।
- नयाँबजार, काठमाडौंकी ७७ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । १८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी निमोनिया र शक भएर १९ गते अस्पताल भर्ना भएकी थिइन् ।
- काठमाडौंकी ८० वर्षीया महिलाको मृत्यु भएको छ । ११ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
- कीर्तिपुर, काठमाडौंकी ४५ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । उनलाई ९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने निमोनिया भएर १४ गते अस्पताल भर्ना भएकी थिइन् ।
- घोराही उपमहानगरपालिका(१५, दाङका ५९ वर्षीय पुरुषको शुक्रबार भेरी अस्पतालमा मृत्यु भएको छ । ६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पताल बेलझुण्डी भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि २० गते भेरी लगिएको थियो ।
- तुलसीपुर उपमहानगरपालिका(५, दाङका ७६ वर्षीय पुरुषको शुक्रबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । महुमेहका बिरामी उनी कोरोना संक्रमण पुष्टि भएपछि १३ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।
- सूर्यविनायक, भक्तपुरकी ६३ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । अल्जाइमर्सकी बिरामी उनलाई १८ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वास र मुटुमा समस्या भएर १९ गते अस्पताल भर्ना भएकी थिइन् ।
- सिन्धुलीकी २१ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । उनलाई १५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो भने श्वासप्रश्वास र मुटुमा समस्या देखिएपछि १९ गते अस्पताल भर्ना भएकी थिइन् ।
- धरान-९, सुनसरीकी ६७ वर्षीया महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । १८ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई १९ गते संक्रमण पुष्टि भएको थियो ।
- गरुडा नगरपालिका(२, रौतहटका ७० वर्षीय पुरुषको शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएर १२ कात्तिकमा अस्पतालमा भर्ना भएका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका-१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनलाई १६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
- पुतलीबजार नगरपालिका-८, स्याङ्जाका ७३ वर्षीया महिलाको शनिबार फेवासिटी अस्पताल, पोखरामा मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भएको १९ कात्तिकमा पुष्टि भएको थियो ।
- गैडाकोट नगरपालिका-१२, नवलपुरका ८२ वर्षीय पुरुषको शुक्रबार चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । पेटको आन्द्रासम्बन्धी समस्या लिएर ३ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- राप्ती सोनारी गाउँपालिका-८, बाँकेका ४८वर्षीय पुरुषको भेरी अस्पतालमा शुक्रबार भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि २ कात्तिकमा अस्पताल भर्ना भएका उनलाई ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । (स्रोतःअनलाइनखबर+)
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
बैशाख १२, २०८२
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
बैशाख १२, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्व खोप सप्ताह प्रारम्भ
बैशाख ११, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७