

जिल्ला, प्रदेश र राष्ट्रिस्तरका खेलकूद प्रतियोगिता एकै स्थानमा आयोजना गर्न सक्ने गरि खेल मैदान निर्माणको शुरुवात गरिएको हो। राष्ट्रियस्तरको खेल मैदान निर्माणको शुरुवात भएसंगै स्थानीयवासीमा खुशियाली छाएको छ।
करिब २० करोड रुपैयाँको लागतमा बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुन लागेको सो राष्ट्रियस्तरको खेल मैदान १५० मिटर लम्वाइ र ८० मिटर चौडाइको हुनेछ। यो मैदान निर्माणका लागि गत दुई आर्थिक वर्षमा ४० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको गाउँपालिकाले जनाएको छ। राष्ट्रियस्तरीय खेलमैदानको निर्माण सुरु योजना अनुसार गाउँपालिकाले खेलमैदान निर्माणका लागि चालू आर्थिक वर्षमा ३५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।
यसका लागि बोलपत्र आह्वान भइसकेको र केही दिनमै मैदान निर्माणको काम सुरु हुने गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए। अहिले मैदान सम्याउने काम भइरहेको छ। चालू आर्थिक वर्षमा नै पर्खाल लागउने काम पनि सम्पन्न हुने उनको भनाइ छ।
उनका अनुसार खेलमैदानमा प्याराफिट लगाउने, स्वीमिङ पुल, शौचालय, कर्भड हलसहित विभिन्न भौतिक संरचना पनि निर्माण गरिने छ।‘एक वडा एक खेलमैदान’को अवधारण अनुसार बाँकी वडामा पनि खेलमैदान बनाउने काम सुरु भएको गाउँपालिकाले जनाएको छ। खेलकूद क्षेत्रको विकासका लागि भन्दै गाउँपालिकाले पाँच जनालाई खेल प्रशिक्षकको रुपमा चयन गरेको छ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७