TRENDING

नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष बर्माको निधन

धादिङ । नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक अध्यक्ष सिताराम प्रसाद बर्माको कोरोनाका कारण निधन भएको छ । कोभीड- १९ बाट संक्रमित बर्मा विगत तीन सातादेखी जीवनमरणसंग जुध्दै काठमाडौंको क्रीष्ट अस्पतालमा उपचाररत हुनुहुन्थ्यो।

उनासी वर्षिय बर्माले पत्रकारिता जगतमा अतुलनिय योगदान दिनुभएको छ । केहि समयअघि मात्र पत्निशोक ब्यहोर्नु भएका बर्मा सोहि समयदेखि नै बिमार हुनुहुन्थ्यो । पछिल्लो चेकजाँचमा उहाँको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष बर्माको निधनप्रती खबरसिटी दुख व्यक्त गर्दै हार्दिक श्रदाञ्जली व्यक्त गर्दछ साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।