

तिहारका वेला हुन सक्ने अपराधिक क्रियाकलाप रोक्न कञ्चनपुरका सीमा क्षेत्रमा कडाइ गरिएको छ । साथै तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको प्रहरीले जनाएको छ भारतसँग जोडिएको कञ्चनपुरको पश्चिम सीमानाका गड्डाचौकी र पूर्व डोकेबजार सीमा क्षेत्रमा तालिमप्राप्त कुकुर परिचालन गरिएका हुन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दुवै नाकामा कुकुरमार्फत चेकजाँच सुरु गरेको छ ।तिहारका वेला विस्फोटक पदार्थ, लागुऔषध भित्रिन नदिनका लागि विशेष तालिमप्राप्त कुकुर परिचालन गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।कञ्चनपुर प्रहरी प्रवक्ता अमरबहादुर थापाले दीपावली र छठलाई मध्यनजर गर्दै भित्रिन सक्नेविस्फोटक पदार्थ पटका र लागुऔषध नियन्त्रणका लागि विशेष कुकुर परिचालन गरिएको बताए ।भारतबाट अवैध सामान नेपाल भित्रिन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले तिहारको समयमा कुकुर प्रयोग गरिने प्रवक्ता थापाले बताए ।
समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७