

काठमाडौं । राष्ट्र बैंकले बाणिज्य बैंकहरूलाई पुँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य रुपमा जारी गर्नुपर्ने व्यवस्था गरेसँगै विभिन्न वाणिज्यबैंकहरूले नेपाल धितोपत्र बोर्डमा ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न आवेदन दिएका छन् । वाणिज्य बैंकहरूले राष्ट्र बैंकको सो नीतिगत व्यवस्थाका कारण गत वर्षकोभन्दा ब्याजदर घटाएर र ऋण पत्र बढाएर जारी गरेका हुन् । त्यसो त वाणिज्य बैंकहरूले जारी गरेको ऋण पत्रमा विकास बैंकको भन्दा कम ब्याज रहेको छ । ऋणपत्र जारी गर्ने तयारी गरेका बैंकहरूले यस आवमा ब्याजदर घटेसँगै ऋणपत्रको ब्याजदर पनि घटाएर साढे ८ प्रतिशत सीमित गरेका छन् । यस अघि वाणिज्य बैंकहरूले साढे १० प्रतिशतसम्मको ब्याजदरमा ऋणपत्र बिक्री गर्दै थिए ।ग्लोबल आईएमई बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । बैंकले १० लाख युनिटको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले प्रति युनिट एक हजारका दरले सो ऋणपत्र जारी गर्ने तयारीका साथ सेबोनमा आवेदन दिएको हो । बैंकले सो ऋणपत्र जारी गर्न भदौ २९ गते सेबोनमा आवेदन दिएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७