TRENDING

परिक्षा संचालनका सम्बन्धमा त्रिभुवन विश्वविद्यालयले गर्यो यस्तो निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परिक्षा संचालन सम्बन्धि निर्र्णय सार्वजनिक गरेको छ । कोभिड १९ का कारण परिक्षा संचालनको विषयलाई लिएर अन्यौलता छाएको थियो । यसै विषयलाई लिएर विद्यार्थीले आफुलाई पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

विद्यार्थी जहाँ छन् त्यहीँ नजिकको त्रिविले तोकेको परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था मिलाएपछि अब धेरै विद्यार्थीलाई काठमाडौँ धाउने समस्याको हल मिलेको छ । त्रिविको रजिष्ट्रार डा पेशल दाहालले कोभिड-१९ को कारणले विद्यार्थीलाई सहज बनाउन आफूले पायकपर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको बताएका छन् ।

यसका लागि त्रिविले अनलाइन फारामबाट तोकिएको परीक्षा केन्द्र रोज्न भनेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुको वेवसाइटमा गएर विद्यार्थीले आफूलाई पायकपर्ने ठाउँमा रहेको त्रिविले तोकेको परीक्षा केन्द्र रोज्न पाउने छन् । सोही परीक्षा केन्द्रबाट परीक्षा दिने छन् ।