

काठमाण्डौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने नेपाल भ्रमणमा आउने भएका छन् । उनी भ्रमणमा आउने तयारीसँगै नेपाल प्रहरीले चेकजाँच बढाउनुका साथै नरभानेको सुरक्षा प्रबन्धलाई कढाई बनाइरहेको छ ।
नेपाल भारत सिमा विवादमा नेपाल विरुद्ध बोलका भारतीय सेनाध्यक्ष नरभानेलाई सुरक्षा चुनौति हुन सक्ने आँकलन सँगै चेकजाँच लगायतका सुरक्षामा चासो बढाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । उनले नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको अभिव्यक्ति दिएका थिए ।
नेपाल र भारतका सेना प्रमुखबीच एकअर्काको देशमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह दिएर सम्मान गर्ने पुरानै परम्परा अनुसार नरभानेले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्राप्त गर्नेछन् । साथै, प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने बताइएको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७