

काठमाण्डौं । देशभरका अदालतबाट सबै कामकारबाही सुरु हुने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण केही महिनायता सर्वोच्च अदालतबाट निश्चित मुद्दाको मात्रै सुनुवाइ हुने गरेको मा तिहार बिदा सकिएलगत्तै कामकारबाहि शुरु हुने भएको हो ।
सर्वोच्च अदालतले मंगलबार एक सूचना जारी गरी आगामी मंसिर २ गतेदेखि मुद्दाका सबै कामकारबाही नियमित रुपमा सुरु हुने जनाएको हो । त्यसका लागि अदालतले केही मापदण्ड भने तोकेको छ । सर्वोच्चका अनुसार, मुद्दाको सुनुवाइका लागि पक्षरविपक्षीको तर्फबाट एकरएक कानुन व्यवसायी र उनीहरुका एकरएक कानुन व्यवसायी मात्रै सहभागी हुन पाउने छन् । तीभन्दा बढी भएमा बहस नोट पेस गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
साथै सहभागीहरुले अनिवार्य रुपमा मास्क र प्लास्टिकको भाइजर समेत लगाउनु पर्ने छ । सार्वजनिक सरोकारको विषयमा हुने बहसमा नेपाल बार एसोसिएसनको भवनबाट श्रव्य दृश्य माध्यमबाट बहसको व्यवस्था गरिनुका साथै मुद्दाको बहसका क्रममा आवाज कम हुने भएमा कोडियममा माइकको व्यवस्था हुने बताइएको छ ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७