

काठमाडौं । आईपीएल क्रिकेटमा कप्तान इयान मोर्गानको उत्कृष्ट ब्याटिङ र पेट कमिन्सको कसिलो बलिङको मद्दतमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ । कोलकाताले दिएको १९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि पेट कमिन्सले चार विकेट लिए । उनी म्यान अफ द म्याच भए । शिवम माझी र वरुण चक्रवर्तीले दुई–दुई विकेट लिए ।
जितसँगै कोलकाताले जारी आईपीएलको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । यो जितसँगै कोलकाता आठौं स्थानबाट उक्लिएर चौथो नम्बरमा पुगेको छ । राजस्थानको यात्रा भने यहीँबाट टुंगिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । कोलकाताका लागि कप्तान इयान मोर्गनले नटआउट ६८ रन बनाए । ३५ बल सामना गरेका उनले ६ छक्का र ५ चौका प्रहार गरे । यसैगरी शुभमन गिलले ३६, राहुल त्रिपाठीले ३९, आन्द्रे रसेलले २५ र पेट कमिन्सले १५ रन बनाए ।
बलिङतर्फ राजस्थानका राहुल तेवटियाले ३ र कार्तिक योगीले २ विकेट लिए । १९२ रनको विजय लक्ष्य पछ्याएको राजस्थानलाई कोलकाताका बलरहरुले खुलेर खेल्नै दिएनन् । ओपनर रोबिन उथप्पा ६ रन बनाएर आउट भए । उनी पेट कम्सिनको बलिङमा कमलेश नगरकोटीको हातबाट क्याच आउट भए । बेन स्टोक्सलाई पनि पेट कमिन्सले १८ रनमा आउट गरे । उनी दिनेश कार्तिकको हातबाट क्याच आउट भए । स्टिभ स्मिथ पनि कमिन्सकै शिकार बने । उनी चार रनमा आउट भए ।
सन्जु सामसनले १ रन मात्र बनाउन सके । अन्य ब्याट्सम्यानभन्दा जोस बटलर केही खुलेर खेल्न खोज्दै थिए । तर उनी पनि वरुण चक्रवर्तीको बलिङ र कमिन्सको क्याचबाट आउट भए । उनले २२ बलमा ३५ रन बनाए । रियान परागलाई कमिन्सले खाता नै खोल्न दिएनन् । यसैगरी राहुल तिवटियाले २७ बलमा ३१ रन बनाए । श्रेयस गोपाल २३ रनमा नटआउट रहे । जोफ्रा आर्चरले ६ र कार्तिक त्यागीले २ रन बनाए ।
खेलकुदबाट थप समाचार
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
आईपीएल: चेन्नई प्लेअफ होडबाट बाहिरियो
अर्जेन्टिना ‘विश्वकप २०२६’ मा
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७