

काठमाण्डौ । यस वर्षको दशैंका बेला उपत्यकामा ७९ करोड ६४ लाख रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा खपत भएका छन् । दशैंमा कलंकी खसीबजारबाट मात्र ३५ हजार खसीबोका बिक्री भएको चौपया व्यवसायी संघ कलंकीले बताएको छ । एउटै खसीबोका २८ देखि ३० किलोसम्मका थिए । खसीबोकाको मूल्य सुरुमा प्रतिकिलो ६ सय ५० रुपैयाँ रहे पनि अन्तिममा ८ सय रुपैयाँसम्ममा बिक्री भएको संघले जनाएको छ । प्रतिकिलो औसत ७ सय रुपैयाँले हिसाब गर्दा कलंकीबाट मात्रै ६८ करोड ६० लाख रुपैयाँबराबरको खसीबोका बिक्री भएको छ ।
कलंकीबाहेक अन्य ठाउँबाट पनि छिटफुट रूपमा खसीबोका बिक्री गरिन्छ । कलंकीबाटै २५ सयवटा च्यांग्रा बिक्री भएको संघका निवर्तमान अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो । च्यांग्रा औसतमा ३५ किलोका थिए । प्रतिकिलो १ हजार रुपैयाँका दरले ८ करोड ७५ लाख रुपैयाँको च्यांग्रा बिक्री भएको उहाँले बताउनुभयो । ‘यसपालि पनि गत वर्ष सरह ५०र५५ हजार खसीबोका बिक्री गर्ने योजना बनाएका थियौं तर कोभिड–१९ का कारण व्यवसायी डराए थापाले भन्नुभयो ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने प्रतिकिलो साढे ५ रुपैयाँमै खसीबोका बेचेको थियो । तातोपानी नाका बन्द हुँदा चीनबाट च्यांग्रा आयात हुन सकेन । पर्याप्त आयात नहुँदा च्यांग्राको मूल्य किलोमै ३ सय रुपैयाँसम्म बढेको संघले जनाएको छ । ‘गत बर्ष ७ हजार आयात भयो, मूल्य प्रतिकिलो ७ सय रुपैयाँ थियो,’ थापाले भन्नुभयो, ‘यसपालि मुस्ताङबाट २५ सयवटा मात्रै च्यांग्रा आए, पर्याप्त नहुँदा मूल्य किलोकै १ हजार रुपैयाँ पुग्यो ।’ व्यवसायीले दाङ, सुर्खेत, सल्यान, सर्लाही, चितवन, धादिङ, काभ्रेलगायत जिल्लाबाट खसीबोका खरिद गरेका थिए । स्वदेशीसँगै भारतबाट पनि अवैध रूपमा भित्रिएर बिक्री भएको थापाले बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७