

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेपालमा अधिकांश बैंकिङ सुविधाहरु निःशुल्क गरिरहेकै बेला छिमेकी मुलुक भारतमा पनि नोभेम्बर १ २०२० देखि लागू हुने गरी बैंकमा पैसा जम्मा गर्दा र झिक्दा ग्राहकले शुल्क बुझाउनुपर्ने नियम लागू गर्न लागेको छ।
यो नियमसँगै अब आउँदो नोभेम्बर १ बाट भारतमा निःशुल्क बैंकिङ सुविधाको अन्त्य हुनेछ। अब ग्राहकले आफ्नै खातामा रहेको पैसा झिक्दा र जम्मा गर्दा बैंकलाई शुल्क बनाउनुपर्नेछ।
भारतमा रहेको विभिन्न बैंकले बैंकिङ सुविधामा आफूखुसी तय गरेको निर्धारित सीमाभन्दा बढी कारोबार गर्दा ग्राहकले शुल्क बुझाउनुपर्ने हुन्छ। नोभेम्बर १ बाट यो नियम लागू हुने भनिए पनि बैंक अफ बरोडाले भने यो नियम कार्यान्वयनमा ल्याइसकेको छ। यो बैंकले चालु खाता, क्यास क्रेडिट लिमिट र ओभरड्राफ्ट खाताहरुमा पैसा जम्मा गर्दा र निकाल्दा ग्राहकसँग शुल्क लिने निर्णय गरेको छ।
यस्तै बैंकले बचत खातामा पैसा जम्मा गर्दा र झिक्दा पनि फरक–फरक शुल्क निर्धारण गरेको छ। अब यो बैंकका ग्राहकले महिनामा ३ पटक पैसा झिकिसकेपछि चौथोपटकबाट भने भारु १५० रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ। बचत खातामा ३ पटकसम्म पैसा जम्मा गर्न निःशुल्क गरिएको छ। चौथोपटक पैसा जम्मा गर्दा भने ग्राहकले प्रत्येक पटक भारु ४० रुपैयाँ बुझाउनुपर्ने बैंकले जनाएको छ। यो नियम ज्येष्ठ नागरिकलाई लागू गरिएको छ। बैंकका अनुसार क्यास क्रेडिट लिमिट, चालु खाता र ओभरड्राफ्ट खाता भएकाहरुलाई प्रतिदिन एक लाख रुपैयाँसम्म जम्मा गर्दा निःशुल्क हुनेछ। तर एक लाखभन्दा बढी रुपैयाँ जम्मा गर्दा ग्राहकले प्रत्येक लाख रुपैयाँमा भारु १०० शुल्क तिर्नुपर्ने हुन्छ।
यस्तै यदि क्यास क्रेडिट लिमिट, चालु खाता र ओभरड्राफ्ट खाताबाट महिनामा तीनपटकसम्म पैसा निकाल्दा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ। चौथोपटकबाट भने हरेक चोटी पैसा निकाल्दा ग्राहकले भारु १५० रुपैयाँ बुझाउनुपर्ने हुन्छ।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७