TRENDING

हाम्रोबारे

हाम्रोबारे

सत्यसहितको तथ्य र तथ्यसहितको सत्यमा आधारीत समग्र विश्वको खबरलाई तपाई सामु पस्किनका लागि आएको यस (khabarcity.com) खबरसिटी डट.कम. हरेक खबरको राजधानी हो । विशेषतः नेपालभित्रका हरेक खबरलाई सुक्ष्म रुपमा गहन खोज र अनुसन्धान गर्दै सत्य,तथ्य र निष्पक्ष समाचार पस्कनु् खबरसिटी डट.कम.को मुख्य उद्धेश्य हो ।

समग्र संचार जगतमा विश्वसनियता र वैधताको खडेरी परेको हो कि भन्ने विषयमा बहसहरु भइरहेको सन्दर्भमा यस खबरसिटी डट.कम. हरेक खबरको विश्वसनियता र वैधतामा स्पष्ट रहन्छ र स्पष्टता दिलाइरहन्छ । कार्य गर्ने दौरानमा आउने ताली र गाली दुबैलाई आत्मसाथ गर्दै सुशासन, समृद्धि, लोकतन्त्र, खुला अर्थतन्त्र र सामाजिक न्यायको लागी सुसुचित गराउँदै निस्पक्ष रुपमा अनवरत अघि बढि नै रहन्छ ।

आजको व्यस्त जीवनशैलीको दुनियाँमा विश्वसनिय सुचना स्रोतलाई नियाल्दै दिनको सुरुवात र समापन गर्ने तपाई हाम्रो चाहना अनुसारको गुणस्तरीय र विश्वसनिय सुचनाका लागि खबरसिटी डट.कम.लाई पाउनुहुनेछ । राज्यले तय गरेको निति/नियममा बसी सबै प्रक्रिया पुर्याएर विधिवत ढंगले सञ्चालनमा आएको यस अनलाईन न्युजपोर्टल पत्रकारीतामा डेढ दशक भन्दा बढि समयदेखि कार्यरत पत्रकारहरुद्धारा संचालित छ ।

समग्र समाचार, सूचना, शिक्षा लगायतका जानकारीका साथै मनोरञ्जनका लागि खबरहरुको राजधानी खबर सिटीमा यहाँलाई हार्दिक स्वागत छ । हाम्रो अस्तित्व सार्थक तुल्याउने सम्पुर्ण पाठक, दर्शक, लेखक, आलोचक, शुभेच्छुक र विज्ञापक प्रति हामी सदैब आभारी छौं ।