TRENDING

पारसले गरे अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा

काठमाडौं । क्रिकेट खेलाडि एवं कप्तान पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले आफुलाई माया गरी साथ समर्थन र हौसला प्रदान गर्ने सम्पूर्णप्रति कृतज्ञता प्रकट गर्दै सदैव ऋणी रहने बताएका छन् ।

नेपाली टिमबाट खेल्न पाउनु जीवनकै सर्वश्रेष्ठ उपलब्धि बताउँदै उनले सबै मिलि नेपाली क्रिकेटलाई शिखरमा पुर्याउने विश्वास व्यक्त गरेका छन् । खड्काले राष्ट्रिय टिमको कप्तानबाट २०१९ अक्टुबर १५ मा राजिनामा दिएका थिए ।

आफुले अन्तराष्ट्रिय रुपमा नखेलेतापनि नेपाली क्रिकेटमा भने भर्खर बामे सर्दै गरेको बताएका छन् । सन् २००२ देखि क्रिकेट यात्राको सुरुआत गरेका थिए । यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनी सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए ।