TRENDING

कर्णालीमा फेरी अर्काे दुर्घटनाः डुंगा डुब्दा ३ बेपत्ता

 काठमाडौं । तुईनबाट खसेर मान्छे बेपत्ता भएको घटना सेलाउन नपाउँदै कर्णालीमा पुनः ३ जना बेपत्ता भएका छन् । खोप लगाउनका लागि मोहन्याल गाउँपालिका वडा नम्बर ४ बाट सुर्खेत जाँदै गरेका १० जना सवार डुंगा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि मोहन्याल गाउँपालिका ३ का २ वर्षिया पार्वती थापा , २० वर्षिया सर्मिला सलामीमगर र उनका १० वर्षका छोरा बेपत्ता भएका हुन् । अन्य २ जना घाइते भएका छन् भने ५ जना शकुसल रहेका छन् ।

घाइतेमध्ये मोहन्याल ३ कि धनसरा सलामी मगरको अवस्था गम्भिर रहेको छ भने उनको १ वर्षका छोरा कर्णको अवस्था सामान्य रहेको छ । बेपत्ताहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।