TRENDING

कर्णालीमा फेरी अर्काे दुर्घटना : एक दम्पती कर्णालीमा बेपत्ता ,३ सन्तान घाइते

कैलाली । आज कर्णाली नदीमा जीप खस्दा एक दम्पती बेपत्ता भएका छन् भने नीजहरुका २ छोरी र एक छोरा घाइते भएका छन् ।

कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर- ७ मा पर्ने चिसापानी सोल्टा कच्ची सडकमा ब्याक गर्ने क्रममा जीप नदीमा खसेको प्रहरीले जनाएको छ । जीपमा सवार एक परिवारका दम्पती प्रकाश जोशी र रुपी जोशी बेपत्ता भएका हुन् ।

यस्तै उनीहरुका १३ वर्षिया छोरी लक्ष्मी जोशि, ४ वर्षिया छोरी साबित्री जोशि र ३ वर्षिय छोरा भुवन जोशि घाइते भएका छन् । घाइते मध्ये साबित्री र भुवनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।