TRENDING

हिमचितुवाको आक्रमणबाट गोरखामा १७ घोडा र खच्चड मरे

गोरखा । उत्तरी गोरखाको चुम्चेत स्थित लेकको खर्कमा चराउन छाडिएका खच्चड एवं घोडा हिमचितुवाको आक्रमणबाट मारिएका छन् । हिमचितुवाको आक्रमणमा परि हालसम्म १७ घोडा र एक खच्चडको मृत्यु भएको चुमनुव्री गाउँपालिका- ६ का वडाध्यक्ष लोप्साङ लामाले बताउनुभयो ।

वर्षाको समयमा बाटो नहुँदा ढुवानी कार्य रोकिएको छ । यस्तो बेलामा खच्चड र घोडाहरुलाई लेकमा चरनका लागि छाड्ने चलन रहेको लामाको भनाई छ । यसरी छोडिएका खच्चड र घोडाको नभेटिएपछि खोजि गर्दा चितुवाको आक्रमणबाट मारिएको भेटिएको बताइएको छ ।

सोहि स्थानका चित्रबहादुर गुरुङ, आङ्दी लामा र बुझिमा लामाको खच्चड र घोडा चितुवाले आक्रमण गरी मारेपछि पशु चरनका लागि छाड्न त्रास सृजना भएको स्थानीयको भनाई छ ।