TRENDING

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता

काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् ।

शुक्रबार बिहान साढे ८ बजेतिर महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बिहान ५/६ जना स्थानीयले तुइनबाट महाकाली नदी पार गरेको र धामी भने खसेर महाकाली नदीमा बेपत्ता भएको बताइएको छ ।