TRENDING

धनुषामा गाडि दुर्घटना हुँदा एकै परिवारका चारसदस्य सहित ५ जना घाइते, एक जनाको मृत्यू

धनुषा । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ४ मा भएको पिकअप गाडि दुर्घटनामा परि एक जनाको मृत्यू भएको छ भने ५ जना घाइते भएका छन् ।

आज बिहान जनकपुरधान ढल्केबर सडकखण्डमा पर्ने सपहिमा बनाइएको डाइभर्सनमा प्रदेश २ को ००३५ नम्बरको पिकअप दुर्घटना भएको हो । बाटोमा पुल बनाउनका लागि डाइभर्सन बनाइएको थियो । तिब्र गतिमा रहेको उक्त पिकअप गाडि डाइभर्सन तिर नमोडिकन सिधै खोलामा खस्दा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा परि मृत्यू हुनेमा गाडि चालक महोत्तरी जिल्लाको भहंगा नगरपालिका ९ का दीपक यादब रहेको प्रहरीले जानकारी दिएको छ । यस्तै मृतक चालकको श्रीमति ३८ वर्षिया ऋचा यादव, छोरा १३ वर्षिया गेहेन्द्र यादव, ३९ वर्षिय भाई नविन यादव, बुहारी ३३ वर्षिया अम्बिका यादव र मटियानी नगरपालिकाका ४५ वर्षिय त्रिलोक यादव घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।