TRENDING

मन्त्रालय बाँडफाँडको जिम्मा शिर्ष नेताहरुलाई दिंदै सत्ता गठबन्धन बैठक सम्पन्न

काठमाडौं । सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । मन्त्रीपरिषद्लाई पूर्णता दिने एवं सरकारको न्यूनतम साझा कार्यक्रमको बारेमा छलफलका लागि बैठक बसेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय बाँडफाँडको जिम्मेवारी शीर्ष नेताहरुलाई दिएको छ । यस्तै न्यूनतम साझा कार्यक्रमको टुंगो लगाउनका लागी काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशन सहितको जिम्मेवारी दिइएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सहभागीता रहेको थियो ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेलको सहभागीता रहेको थियो भने नेकपा एमाले माधव नेपाल समूहका तर्फबाट डा. विजय पौडेल सहभागी हुनुभएको थियो ।