TRENDING

जापानले रोक्यो कामदार भिसा , ठगी गने गिरोहबाट जोगिन आग्रह

काठमाडौं । कोभिड १९ को संक्रमण बढेका कारण जापानले कामदार भिसा बन्द गरेको छ । दुतावासका अनुसार अर्काे सुचना नआएसम्म कामदार भिसा खुल्ला नहुने भएको छ ।

यस बिचमा कामदार भिसामा जापान लैजाने भन्दै ठगी धन्दाका घटना बढेपछि सतर्क रहन दुतावासले आग्रह गरेको छ । नेपाली नागरिकले जापान लैजाने प्रलोभन देखाउँदै लाखौंको ठगी गरेका घटना पछिल्लो समय निकै नै बढेको बताइएको छ ।

जुलाई १९ मा जापान लैजाने भन्दै लाखौं ठगी गर्ने चारजना नेपालीलाई प्रहरीले प्रकाउ गरेको घटना प्रति चासो व्यक्त गर्दै दुतावासले यस सम्बन्धि सचेत रहन सम्पूर्णमा आग्रह गरेको हो ।