TRENDING

एनएमबि बैंकले ल्यायो २४ घन्टा भित्रै स्वीकृत हुने सर्वाधिक सस्तो अटो लोन योजना

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले अटो लोन ८.४९%  प्रतिवर्ष ब्याजदरमा २४ घन्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ । निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको एनएमबि बैंकले जनाएको छ ।

विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेट मै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकको आफ्नै गाडी चढ्ने सपना पूरा गर्न समान ब्याजदरले झन सघाउ पुर्याउने विश्वास बैंकले लिएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ। थप जानकारीका लागि [email protected] मा ई–मेल वा ०१–५९७१५० मा फोन गर्न सकिने बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

NMB Bank