TRENDING

विदेश जाने श्रमिक र विद्यार्थीका लागि सरकारले तोक्यो छुट्टै खोप केन्द्र

काठमाडौं । विदेश जाने श्रमिक र विद्यार्थीहरुलाई खोप लगाउनका लागी सरकारले खोप केन्द्र तोकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब काठमाडौं उपत्यकाका हकमा नेपाल प्रहरी अस्पताल र सैनीक अस्पताल गएर खोप लगाउन सकिने छ । त्यसका लागि पासपोर्ट र भिसा अनिवार्य देखाउनु पर्नेछ ।

यसैगरी काडमाडौं सामाखुसी स्थित राधास्वामी आइसोलेशन सेन्टरलाई सरकारले अस्थायी खोप केन्द्र तोकेको छ । अब लक्षित समुदायले स्वास्थ्य कार्यालयले तोकेबमोजिम राधास्वामी आइसोलेशन सेन्टरमा गएर खोप लगाउन सकिने छ ।