TRENDING

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

काठमाडौं । गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोवार क्रमशः बढ्न थालेको छ । यसैबिच अण्डाको भाउ हाल सम्मकै महंगो भएको छ । आज देखि लागु हुने गरी अण्डाको फार्म मूल्य प्रतिक्रेट ३८५ र मध्यम साइजको अण्डा प्रतिकेट ३५५ कायम भएको छ ।

नेपाल अण्डा उत्पादक संघका अनुसार हालसम्म कायम भएका मुल्य मध्ये यो सबैभन्दा उच्च हो । लकडाउनको समयमा खस्किएको पोल्ट्री व्यवसाय अहिले उकालो लाग्ने क्रममा रहेको छ । साउन महिनामा अण्डा एवं मासुको खपत कम हुने आँकलन गरिएता पनि माग बढि आएका कारण यसरी उच्च मूल्यमा अण्डा र मासु बिक्रि भइरहेको संघले जनाएको छ ।

निषेधाज्ञाका समयमा तीन साता ब्रोइलर चल्लाको बिक्री शुन्य भएकोमा क्रमशःबढ्दै गएर हाल चल्ला प्रतिगोटा रु ७० पुगेको छ। हाल दिनहुँ करिब ३३ लाख अण्डा उत्पादन हुने गरेको बताइएको छ ।