TRENDING

नबिल बैंकको ऋणपत्रमा आजदेखि खुल्यो आवेदन

काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्रि खुला गरेको छ । वार्षिक ८ प्रतिशत व्याजदर रहने गरी आजबाट ७ वर्ष अवधिको नबिल डिबेन्चर २०८५ निष्काशन तथा बिक्रि खुला गरेको हो ।

प्रतिकित्ता १ हजार रुपैंया अंकित मूल्यका ३ अर्ब रुपैंया बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैंया बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागी र बाँकी १ अर्ब ८० करोड रुपैंया बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्रि गरिने बैंकले जनाएको छ । सर्वसाधारणलाई बिक्रि गरिएको मध्ये ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।

सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सम्मका लागि आवेदन दिन सक्ने सो ऋणपत्रका लागी साउन १३ गते सम्ममा आवेदन दिनुपर्ने र सो समयभित्रमा पूर्ण आवेदन नपरेमा साउन २४ गते सम्मका लागि समय थप गरिने बताइएको छ ।

हिमालयन क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको यस ऋणपत्रमा लगानीका लागी सी आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट खरिदका लागि आवेदन दिन सकिनेछ ।