TRENDING

धादिङमा १० दिनदेखि हराइरहेकि युवति मृत फेला

काठमाडौं । धादिङमा विगत १० दिनदेखि हराइरहेकि युवतिको शव फेला परेको छ ।

जिल्लाको गजुरी गाउँपालिका वडा नम्बर ८ निवाशि २० वर्षिया सम्झना रोकालाई मृत अवस्थामा घर माथितिरको जंगलमा भेटिएको प्रहरीले जनाएको छ । घरभन्दा करिब ३ सय मिटर परको जंगलमा सडि सकेको अवस्थामा उनको शव भेटिएको हो ।

मृत्यूको कारणबारे जानकारी नभएकाले अनुसन्धान गरिने र हाल शवलाई पोष्टमार्टमका लागि गजुरी लगिएको प्रहरीले जानकारी दिएको छ ।