TRENDING

नेपालमा मनसुन सक्रिय , यि ठाउँमा हुँदैछ भारी वर्षा

काठमाडौं । सोमबार देखि फेरी पानी पर्ने भएको छ । न्यूनचापीय रेखा नेपालको तराई भूभाग आउने क्रम शुरु भएका कारण नेपालका अधिकांस स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ ।

आज रातिसम्म सो रेखा नेपाल आइपुग्ने सम्भावना रहेकोले भोली देखि बुधबार सम्म पानी पर्न सक्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

यसैबिच विभागले आगामी २४ घण्टाका लाग चेतावनी एवं परामर्श जारी गर्दै देशभरका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।