TRENDING

जब शिल्पाले सुरुवाल लगाउँनै बिर्सिइन् !

बलिउड अभिनेत्री शिल्पा सेट्ठीले लगाएको पहिरनले केहि समय अघि सामाजिक संजालमा निकै नै स्थान जमायो ।

झट्ट हेर्दा कुर्था जस्तै देखिने कपडा लगाएकि शिल्पा, छोराको हात समाएर हिँडिरहेको तस्बिर सामाजिक संजालमा पोष्ट भएसँगै त्यसमा प्रतिक्रिया दिनेहरुको लर्काे लाग्यो ।

मानिसहरुले सोधे-” ए शिल्पा ! के तिमीले सुरुवाल लगाउनै बिर्सियौ ? “

अभिनेत्री शिल्पा उमेरले केहि पाको भएतापनि ड्रेसअप सेन्समा भने निकै नै अब्बल मानिन्छिन् । उनी नयाँ फेसन र स्टाइलमा उमेरको प्रवाह नगरी अगाडि बढ्ने नायीकाहरुमा पर्दछिन् ।

पछिल्लो समय भने उनले लगाएकै ड्रेसलाई लिएर निकै नै ट्रोलहरु बने । उनीसँगै हिँडेका उनका छोराले पनि उनीतिर हेर्दै भनेका छन्- “ममी सबै देखियो  ! “

यद्यपी, तीनै ड्रेसको फोटोहरु उनी आफैंले सामाजिक संजालमा राखेसँगै ट्रोल बन्न पुगेको हो ।